Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


अस्थायी, करार र ज्यालादारी कर्मचारीको सिंहदरबार केन्द्रित आन्दोलन तत्काल लागि स्थगित

सरकारसँगको वार्तामा सहमति जुटेको आन्दोलनरत पक्षकाे दावी, आज लिखित सहमति हुने विश्वास

0
Shares

काठमाडाैं । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको सिंहदरवार केन्द्रित आन्दोलन तत्काल लागि रोकिएको छ।

सरकार र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच वार्ता भएपछि आन्दोलन रोकिएको हो । सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाउने कार्य तत्कालका लागि रोक्ने आश्वासन दिएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् । आन्दोलनरत कर्मचारीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी आन्दोलनरत पक्षका कर्मचारीहरुको भनाई छ ।

सरकारले हाललाई करार, ज्यालादारी कर्मचारी नहटाउने मौखिक प्रतिबद्धता जनाएको हाे । वार्तामा आन्दोलनरत कर्मचारीको तर्फबाट ६ जना प्रतिनिधि तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार सुदीप ढकाल र सहसचिव हेमराज अर्याल सहभागी भएका थिए । प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकारसँग भएको छलफलपछि सरकारले आउटसोर्समार्फत कर्मचारी व्यवस्थापन गर्ने निर्णय लागू नगर्ने मौखिक प्रतिबद्धता जनाएको छ ।

आन्दोलनरत पक्षले बिहीबार साँझसम्म लिखित सहमति हुने विश्वास गरेको हाे ।