काठमाडौं । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे शरीरमा आगो लगाएका हुन् ।इलाका प्रहरी कार्यालय गरुडाले केही दिनयता मानसिक तनावमा रहेका सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्केकाे जनाएकाे छ ।
घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
सहनीको घाँटीदेखि तल शरीरको करिब ३१ दशमलव ५ प्रतिशत भाग जलेको प्रहरीले जनाएकाे हाे । जिल्ला प्रहरी कार्यालय रौतहटले साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस अघि पनि आत्मदाहकाे प्रयासका कारण ३ जनाकाे निधन भइसकेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्