Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडीको अवस्था अझै अज्ञात, गोताखोर टोली फिर्ता


0
Shares

काठमाडौं ।
कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र उक्त गाडीका सहचालकको अवस्था अझै अज्ञात छ ।

सुरक्षा निकायले विभिन्न प्राविधिक टोलीबाट खोजी कार्य गरे पनि गाडी र सहचालकबारे कुनै विवरण फेला पार्न नसकेपछि उपकरण सहित पुगेको गोताखोर टोली समेत फिर्ता भएको छ ।

असार १८ गते बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नम्बर ७ स्थित साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।

गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । गाडीमा सवार ५ मध्ये ४ जना गाडीसँगै नदीमा बेपत्ता भएका थिए ।

तीन जनाको शव फेला परे पनि सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ । खोजीका लागि विभिन्न उपकरणसहित गएको टोली फिर्ता भएको हो ।