Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


राष्ट्रियसभाको बैठकमा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने


52
Shares

काठमाडौं। काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि साेमबार बस्दैछ।

बैठक साेमबार मध्याह्न सवा १२ बजे सिंहदरबारमा बस्ने भएकाे हाे। बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी, बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटकाे बारेमा उठेका प्रश्नको पनि जवाफ दिने कार्यक्रम तय भएको हाे। यसका साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयकोतर्फबाट पनि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएकाे छ।