Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैनः युवराज ज्ञवाली


91
Shares

काठमाडाैं । मानेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको दोष भएको बताउनुभयो । उहाँले नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिष्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नबस्न समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सखरकारमा पुगेर नेता बिग्रिए सिद्धान्तको दोष हो र ? मान्छे बिग्रने, नेता बिग्रने, भ्रष्टाचार गर्ने अनि माक्र्सवादलाई दोष दिने ? नेता बिग्रिने तर कम्युनिष्ट आन्दोलन नै खतम भयो भनेर जुन पूँजीवादीहरुले हल्ला मच्चाइरहेका थिए, त्यस्तो हल्लामा हामी नलागौँ । हो, अवश्य पनि हामी बिग्रिएका छौँ । को को बिग्रिए पछि थाहा हुँदै जान्छ । नेताहरुको दोष छन्, मेरा पनि होलान् तर कम्युनिष्ट पार्टी असान्दर्भिक भइसकेको होइन । माक्र्सवाद असान्दर्भिक भइसकेको होइन । जनतको बुहदलीय जनवाद असान्दर्भिक भइसकेको होइन । र वैज्ञानिक समाजवाद असान्दर्भिक भइसकेको होइन ।’

ज्ञवालीले कम्युनिष्ट आन्दोलन, माक्र्सवाद, जनताको बहुदलीय जनवाद तथा वैज्ञानिक समाजवाद अझै पनि सान्दर्भिक रहेको दाबी गर्नुभयो ।