एजेन्सी । म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेशन (प्रवेशिका) परीक्षामा १ लाख ३३ हजार भन्दा बढी परीक्षार्थी उत्तिर्ण भएका छन् ।
म्यानमार परीक्षा विभागले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ३३ हजार ६ सय ७३ परीक्षार्थी सफल भएका हुन् । विभागले यस वर्षको परीक्षामा कूल २ लाख ५५ हजार २ सय २८ परीक्षार्थी सहभागी भएकाे जनाएकाे छ । जसमध्ये समग्र उत्तीर्ण प्रतिशत ५२ दशमलव ३७ रहेको हाे ।
क्षेत्रगत नतिजा अनुसार म्याण्डेले प्रदेशले सर्वाधिक सफलता प्राप्त गरेको छ । म्याण्डेलेबाट परीक्षामा सहभागी ४५ हजार ६ सय ३५ विद्यार्थीमध्ये २८ हजार ३ सय ९३ जना उत्तिर्ण भएका छन्। जुन ६२ दशमलव २२ प्रतिशत हो ।
विभागले यस वर्षको परीक्षामा देशभरमै उत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि म्यान्डेले प्रदेशकै रहेको जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्