Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


गत जेठ महिनामा २ हजार फरार प्रतिवादी प्रहरीकाे नियन्त्रणमा


0
Shares

काठमाडौं। नेपाल प्रहरीले गत जेठ महिनाम देशभरबाट विभिन्न मुद्दाका दुई हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

उनीहरू पक्राउ परेसँगै ८ वर्ष ७ महिना कैद सजाय कार्यान्वयनमा आएको हाे । प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय २६ जनालाई पक्राउ गरिएको जनाएकाे छ।

त्यस्तै, कोशी प्रदेशबाट ३ सय ५ जना, मधेश प्रदेशबाट ५ सय ३९, बागमती प्रदेशबाट ३ सय ६०, गण्डकी प्रदेशबाट १ सय ३२, लुम्बिनी प्रदेशबाट ३ सय २०, कर्णाली प्रदेशबाट ६३ र सुदूरपश्चिम प्रदेशबाट १ सय २० जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ वर्ष ७ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको पनि प्रहरीले जनाएकाे छ ।

साथै उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ जरिवाना असुलउपर गरिएको छ । फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रहरीले बताएकाे हाे ।

प्रहरीले कर्तव्य ज्यान, लागूऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर र ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जनाएकाे छ ।