Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


शेयर बजारमा गिरावट जारी


156
Shares

काठमाडौं ।
साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २६ सय ६० मा आएर थामियो ।

कारोबार साढें ४ अर्ब नजिक रह्यो । व्यापार र वित्त समूहबाहेक अरु सबै समूह ओरालो लागे । व्यापार समूह करिब १ प्रतिशत उकालो लाग्यो । उत्पादनमूलक र अन्य समूह १ प्रतिशत बढीले झर्दा बाँकी अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ३८ स्टकको १ करोड बढी कित्ता शेयर ४ अर्ब ४२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये २ सय कम्पनीको मूल्य घट्दा जम्मा ६४ कम्पनीको बढ्यो । घटेको बजारमा पनि टक्सार पिखुवा खोला, याम्बलिङ हाइड्रो र भुजुङ हाइड्रोका शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भए । यसदिन आँखुखोला हाइड्रोका शेयर सबैभन्दा उच्च झण्डै ३० करोडको कारोबार भयो ।