Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभाग पुर्‍याइयो


598
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई आज बिहान ललितपुर ल्याइएको छ ।

उनी सोमबार अपराह्न सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। सुर्खेतबाट बाँकेको कोहलपुरसम्म प्रहरीकै गाडीमा ल्याइएको थियो। केही समय विश्रामपछि उनलाई रातरात अर्को गाडीमा काठमाडौँ ल्याइएको हो।

काठमाडौं ल्याएर पौडेललाई ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको छ । पौडेललाई कलंकी, बल्खु हुँदै सम्पत्ति विभागको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

विभागको पत्राचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । आज नै उनलाई अदालतमा पेस गर्ने तयारी छ । थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति अदालतमा पेस गर्न लागिएको हो ।