Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सुशासनको एजेन्डामा नेकपा र रास्वपा एक ठाउँमा छौं : नेता वर्षमान पुन


91
Shares

चितवन । नेकपा नेता वर्षमान पुनले सुशासनको एजेन्डामा नेकपा र रास्वपाजति सहकार्य अरुसँग नभएको बताउनुभयाे ।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उहाँले भन्नुभयाे, थिति बसाउने अभियानमा पूर्ण समर्थन छ । सुशासनका एजेन्डामा एक ठाउँमा छौं । सुशासनको कदम विधिभित्रबाटै र संविधानसम्मत होस् ।

नेतृत्व, विचार, रणनीति, कार्यदिशा तय गर्ने विषयले समग्रमा राष्ट्रिय जीवनमा प्रभाव पार्ने उहाँले बताउनुभयाे । हाम्रा कैयौं समानता छन्, दुवै पार्टीले निरन्तरतालाई क्रमभंग गरेर बाटो तय गरेका हौं । समाज रुपान्तरणका एजेन्डामा नजिक पाउँछौं,उहाँले भन्नुभयाे ।

लोकतान्त्रिक प्रणालीप्रति रास्वपाको प्रतिबद्धताबारे पनि उहाँले चासो राख्नुभयाे ।