Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई मत दिएकाले त्यसतर्फ विचार गर्नुहोस् : राजेन्द्र लिङ्देन


104
Shares

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजातन्त्र ल्याउनुपर्छ भन्नेहरुले पनि रास्वपालाई मत दिएकाले त्यसतर्फ विचार गर्न सुझाव दिनुभएकाे छ।

रास्वपाको पहिलो महाधिवेशनका क्रममा शुभकामना दिँदै लिङ्देनले आफ्नो पार्टीलाई मत दिएकाहरुले पनि यसपटक रास्वपालाई मत दिएकाले राजा ल्याउनु दायित्व भएको दाबी गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘रास्वपाले पाएको मतमा राजा ल्याउनु पर्छ भन्नेको मत पनि छ। प्रधानमन्त्री बालेन प्रति विश्वास छ।’

अध्यक्ष लिङ्देनले निषेधको राजनीति नगर्न रास्वपालाई सुझाव दिनुभएकाे छ । पहिलाकाले ठीक लगाए भनेर अहिले पनि त्यहीँ बाटो नहिड्न आग्रह गर्नुभयाे।

‘एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईंहरूले प्राप्त गर्नुभएको छ। यो अवसरको सदुपयोग होस्। हिजो अरूले निषेध गरे, हिजो अरूले ठिक लगाए, त्यसकारण हामी पनि ठिक लगाएर जानुपर्छ भन्ने बाटोमा गइयो भने, फेरि त्यही बाटो पकडियो भने हामीले त्यही दुर्दशा भोग्नुपर्छ र जनताले फेरि निराश हुनुपर्छ, लिङ्देनले अगाडि भने, ‘त्यसकारण हामीले निषेधको राजनीति होइन, एउटा सहमतिको राजनीतिबाट देशलाई अगाडि लैजान सकौँ।’ उहाँले राप्रपा सदैव सकारात्मक प्रतिपक्षको भूमिकामा रहने जनाउनुभयाे ।

Skip This