Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै


91
Shares

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ ।

भोलिदेखि सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने उनको भनाइ छ ।