काठमाडाैं । वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ ।
बुधबार दिउँसोदेखि रथ तान्न शुरु गरेर राति जावलाखेल पुर्याइएको हो । रथलाई बुधबार जावलाखेल पुर्याइएपछि अब शनिबार भोटो जात्रा मनाइन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिने भएकाे हाे ।
याेसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गत वैशाख २४ गते ज्योतिषहरूले बुधबारको साइत निकालेका थिए । यस वर्ष रथजात्रा वैशाख ५ गते मूर्तिलाई रथमा रथारोहण गरेर ८ गतेदेखि रथ तानेर शुरु भएको हो ।
रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबै भन्दा लामो जात्रा हो ।









प्रतिक्रिया दिनुहोस्