काठमाडौं । सेफ सन्तोष साह थुनामुक्त भएका छन् । चेक अनादरसम्बन्धी उजुरीमा पक्राउ परेका साहले पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि रिहा भएका हुन् ।
साहलाई हाजिरी जमानीमा रिहा गरिएको हाे । सन्ताेषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले साहलाई सोमबार रिहा गरिएको जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्