Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


चीनमा राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारीलाई उच्च सम्मान


520
Shares

काठमाडौं ।

राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारीलाई चीन भ्रमणका क्रममा उच्च राजकीय सम्मानसहित स्वागत गरिएको छ।

उहाँले कुन्मिङमा आयोजित दक्षिण एशिया एक्स्पो तथा चीन–दक्षिण एशिया सहयोग मञ्चलाई सम्बोधन गर्दै नेपाल–चीन व्यापार, लगानी, पूर्वाधार र संसदीय सहकार्य विस्तारमा जोड दिनुभयो।

उहाँले नेपाली उत्पादनको चिनियाँ बजार पहुँच विस्तार, जलविद्युत्, पर्यटन र सूचना प्रविधिमा लगानी बढाउन आग्रह गर्नुभयो। साथै बीआरआई अन्तर्गतका परियोजनाको शीघ्र कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।

भ्रमणका क्रममा उहाँले चिनियाँ उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न शैक्षिक, औद्योगिक तथा महिला उद्यमशीलतासम्बन्धी संस्थाको अवलोकन गर्नुभएको थियो। नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरिएको छ।

Skip This