Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय


0
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशस्त कमजारीहरु रहेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । सांसद रोकायले सरकारले कार्यान्वयन गर्न नसकिने गरी बजेट ल्याएको जिकिर पनि गर्नुभयो ।

उहाँले सरकारले उत्पादनलाई भन्दा पनि राजस्व संकलनलाई राष्ट्रिय आएको रुपमा देखाउने प्रयास गर्नु मुलुकको अर्थतन्त्रको विकासका लागि उचित नभएको पनि बताउनु भयो ।

सांसद रोकायले भन्नुेभयो,‘बजेटका प्रशस्त कमजोरीहरु छन । जस्तै विकास खर्च धेरै कम छ । ऋणको भार बढ्दै गएको देखिन्छ । नेपालको विगतमा वर्षहरुमा पूँजीगत खर्चहरु गर्न नसक्ने अवस्था देखिएका कार्यान्वयनमा नै मुख्य चुनौति देखिन्छ । तलव वृद्धिमा विभेद गरिएको छ । राजनीतिक दृष्टिकोणले हेर्दा यो बजेटले राजस्व संकलनलाई मुख्य स्रोतको रुपमा देखाएको छ ।’ सांसद रोकायले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि कुनै ठोस कदम नचाहेको पनि बताउनु भयो ।