बाजुरा । बाजुरा जिल्लामा तीन दिनदेखि अवरुद्ध कर्णाली करिडोर खुलेको छ । बाजुरा र हुम्ला बिच उत्पन्न भएको विवादका कारण बिहीवार देखि पूर्ण रुपमा अवरुद्ध गरिएको राजमार्ग शनिवार बिहानबाट सुचारु गरिएको छ ।
अाज बिहान धुलाचौरमा जननप्रतिनिधि, प्रशासन सहितको रोहोवरमा बसेको रानीसैन पीडित संघर्ष समितिको बैठकले राजमार्ग अवरुद्ध हुँदा हुम्लाका नागरिकलाई दैनिक जनजीवनमा असर परेको भन्दै सुचारु गर्ने निर्णय भएको हो । तीन् दिनसम्म यात्रुहरुले भोग्नु परेको कठिनाईलाई ख्याल गर्दै अवरुद्ध राजमार्ग मानविय संवेदनालाई ध्यानमा राखि सडक अवरोधको कार्यक्रम स्थगित गरिएको जनाएको छ । यस्तै बैठकले सरकार समक्ष राखिएका मागहरु सम्बोधन नभए आगामी असार २ गतेबाट पुनः राजमार्ग अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिइएका छन् ।
यसअघि जेठ ३ र ५ गते बाजुराको लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर हुम्लाका बासिन्दाले कुटपिट, दुर्व्यवहार तथा सांघातिक रुपमा आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ नगरेको विरोधमा धुलाचौरमा स्थानीयहरुले सडक बन्द गरेका थिए ।
यसअघि लाम्पाटामा हुम्लाका बासिन्दाहरुले बाजुराका स्थानीय, जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहित पर्यटकमाथि आक्रमण तथा कुटपिट गरेर घाइते भएका थिए । यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् ।
पीडितहरुले बाजुराको लाम्पाटामा आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि दोषिहरुलाई कारबाही नभएकोमा आक्रोश पोख्दै तत्काल पक्राउ पुर्जी जारी भएको व्यक्तिलाई पक्राउ गर्न माग गर्दै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्