Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


सुर्खेतकाे हिरासतमा रहेका एक थुनुवाको मृत्यु


195
Shares

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवाकक्षमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१०, पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार आज बिहान ४ः३० बजे बक्स अचेत अवस्थामा भेटिएका थिए । उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनलाई बिहान ५ः३२ मृत घोषणा गरेको उनले बताए ।

प्रहरीका अनुसार बक्स चोरी मुद्दामा २७ गते पक्राउ परेका थिए । प्रहरीले बुधबार म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

बक्सको मृत्यु भएपछि आफन्तले आशंका व्यक्त गरेका छन् । पक्राउ गर्दा केही पनि नभएको व्यक्तिको हिरासतभित्र मृत्यु हुनुलाई उनीहरूले कुटपिटको आशंका गरेका छन् । प्रहरीले पोष्टमार्टम पछि मात्रै मृत्युको कारण खुल्ने बताएका छन् ।