Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


वीर अस्पतालका चिकित्सक आन्दोलित, माग पूरा नभए हड्तालको चेतावनी


1.2k
Shares

काठमाडौं । वीर अस्पतालमा कार्यरत चिकित्सकहरूले समयमै भत्ता नपाएको विरोधमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका छन्।

उनीहरूले ७२ घण्टाभित्र समस्या समाधान नभए आकस्मिक सेवासमेत प्रभावित हुने गरी पूर्ण हड्तालमा उत्रिने चेतावनी दिएका छन्।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्‍यान) का अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत अध्ययनरत तथा कार्यरत रेजिडेन्ट डाक्टरहरूले प्रत्येक महिनाको ७ गतेभित्र पाउनुपर्ने निर्वाह भत्ता दुई महिना बितिसक्दासमेत प्राप्त गरेका छैनन्। वैशाख महिनादेखिको भत्ता नपाएकाे गुनासाे गरेका छन् ।

र्‍यानका अध्यक्ष डा. प्रकाश खरेलले अस्पताल प्रशासन तथा चिकित्सा शिक्षा आयोगसँग पटक–पटक छलफल भए पनि समस्याको समाधानतर्फ कुनै ठोस निर्णय हुन नसकेको बताउनुभयाे।

उहाँले ७२ घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण रेजिडेन्ट चिकित्सकहरू पूर्ण हड्तालमा जान बाध्य हुने चेतावनी दिनुभएकाे छ । आकस्मिक सेवासमेत बन्द हुन सक्ने उल्लेख गर्दै उनले त्यसबाट बिरामी सेवामा पर्ने असर र उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्ने बताउनुभयाे ।