Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


नुवाकोट रास्वपा सभापतिमा २५ वर्षीय गजुरेल चयन


390
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल चयन भएका छन्।

शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शरण महतले ३७ र राजु लामिछानेले २८ मत पाए।

यसअघि २१ वर्षको उमेरमै जिल्लाको तदर्थ नेतृत्व सम्हालेका गजुरेलले पार्टीको संगठन वडा र पालिका तहसम्म विस्तार भइसकेको भन्दै आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन्। उनले निर्वाचन प्राविधिक विषय भएकाले सबैलाई समेटेर अघि बढ्ने पनि बताएका छन् ।

अधिवेशनबाट कृष्णलाल श्रेष्ठ उपसभापति र वसन्त धिताल सचिवमा निर्वाचित भएका छन्। जनजाति सदस्यतर्फ छोपेन तामाङ, महिलातर्फ लक्ष्मी पाण्डे , जानुका सापकोटा, राधिका रिमाल, खुला सदस्य क्षेत्र नम्बर १ मा विपना पाण्डे , क्षेत्र नम्बर २ मा सुवास भण्डारी निर्वाचित भएको रास्वपा नुवाकोटले जनाएको छ ।