Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


देशका सातै-प्रदेशमा आज मध्यम वर्षा र हिमपातको सम्भावना


13
Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल र बाँँकी प्रदेशमा आंशिक बादल लागेको हाे । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, शुक्रबार दिउँसो भने कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै तराई भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, मधेश , बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे ।

मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा मध्यम तातो लहर हुने भएकाे छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

साथै शुक्रबार राति भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल र बाँकीमा आंशिक बादल लाग्ने भएकाे छ। कोशी प्रदेशको र बाँकी सबै प्रदेशका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।