Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


कैदीलाई मस्ती गराउने दुई प्रहरी बर्खास्त


5.2k
Shares

काठमाडौं ।
केन्द्रीय कारागार सुन्धाराका एक कैदीलाई उपचारका नाममा होटलमा पु¥याएर मदिरा सेवन गराउने र युवतीसंग समय विताउन दिने दुई प्रहरी सेवाबाट बर्खास्त भएका छन् ।

यसरी जागिर गुमाउनेहरुमा प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विक रहेका छन् । ठगीको आरोपमा केन्द्रीय कारागारमा सजाय काटिररहेका अनुप भण्डारी नाम गरेका कैदीलाई यही जेठ १ गते उपचारका लागि सामाखुशीको बिनायक अस्पताल अस्पताल लैजाने भन्दै सामाखुशीकै दिपसागर होटलमा लगेर मदिरा र मासु खान दिने तथा सोही होटलमा युवतीसंग तीन घण्टा समय विताउन दिएको आरोपमा उनीहरुलाई सेवाबाट बर्खास्त गरिएको हो ।

उपचारको बहानामा कैदीलाई कारागारबाट बाहिर लगेर अवाञ्छित क्रियाकलाप गराएको सूचना चुहिएपछि एसपी नरहरि रेग्मीसहितको टोलीले छानबिन गरेको र छानवीन रिपोर्टको आधारमा उनीहरुलाई सेवाबाट बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।