Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान


2.4k
Shares

काठमाडाैं ।

टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।

न्यायाधीश टेकनाथ गौतमको इजलासले उक्त आदेश दिएपछि उनलाई नख्खु कारागार पठाइने प्रहरीले जनाएको छ।

अधिकारीसहित १० जनाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ। उनीमाथि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ भने २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलाइएको छ। भदौ २०८२ देखि फरार रहेकी अधिकारीलाई इन्टरपोलको सहयोगमा चीन हुँदै थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।

Skip This