सागर महत,अर्घाखाँची । एक दशक अघिसम्म मानिसहरूको चहलपहल रहेका अर्घाखाँचीका ग्रामीण बस्तीहरू अहिले दिनानु दिन उजाडिँदै गएका छन् ।
एक दशकभित्र अर्घाखाँचीको जनसंख्या २० हजार भन्दा बढीले घटेको छ । बाँदर र बँदेलले अन्नबाली, तरकारी तथा फलफूल नोक्सान गरिदिंदा किसानहरु थातथलो छाडेर हिड्न बाध्य भईरहेका छन् । पछिल्लो राष्ट्रिय जनगणना अनुसार, विगत १० वर्षमा अर्घाखाँचीको जनसंख्या २० हजार ५ सय ४६ ले घटेको छ ।
२०६८ सालमा १ लाख ९७ हजारभन्दा बढी जनघनत्व रहेको यस जिल्लामा अहिले जनसंख्या १ लाख ७७ हजार ८६ जनामा झरेको छ । जनसंख्या घट्ने मुख्य कारण हो- तीव्र बसाइँसराइ र घट्दो जन्मदर । पहाडी क्षेत्रका किसानका लागि वन्यजन्तुको आतंक नयाँ त होइन, तर पछिल्लो समय यही आतंक नै विस्थापनको मुख्य कारण बन्न थालेको छ । दिनभरि बाँदर र रातभरि बँदेलले बालीनाली सखाप पारिदिँदा किसानको वर्षभरिको मिहिनेत बालुवामा पानी जस्तै भईरहेको छ ।










प्रतिक्रिया दिनुहोस्