Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


टिपरकाे ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराकाे ज्यान गयाे, आमा घाइते

टिपर चालक प्रहरीकाे नियन्त्रणमा

0
Shares

काठमाडाैं । दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई दिंदा दुई जना बाबु-छोराको मृत्यु भएको छ।

सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा ठक्कर दिएको प्रहरीले जनाएकाे हाे । तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। एक जना महिला भने घाइते भएकाे प्रहरीले बताएकाे छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल चालक लमही-५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराजको उपचार क्रममा मृत्यु भएको जनाएकाे हाे । नेपालगन्जस्थित संजिबनी कलेज अफ मेडिकल साइनसेजमा साेमबार बिहान ९:४० बजे मिनराज र १०:२ बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइते भएकी मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपालीकाे उपचार भइरहेको प्रहरीले बताएकाे छ । टिपर चालक इप्रका तुलसीपुरको प्रहरी नियन्त्रणमा रहेकाे र घटना बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे हाे ।