Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

भारतीय प्रधानमन्त्री मोदीसहित उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता हुने

65
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साेमबार भारत भ्रमणमा जानुहुने भएकाे छ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको पाँच दिने भ्रमणमा जान लाग्नुभएको हो । नयाँ दिल्लीमा रहँदा उहाँले भारतीय जनता पार्टीको उच्च नेतृत्व र उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल लगायतसँग सभापति लामिछानेको भेटवार्ता हुने भएकाे हाे । मंगलबार भाजपा अध्यक्ष नवीनले लामिछानेलाई भाजपा मूख्यालयमा स्वागत गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणकाे बारेमा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि निरन्तर छलफल गरिरहेको बुझिएको छ ।

सभापति लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने भएका रास्वपाले जनाएकाे हाे ।