काठमाडाैं । सामसङ नेपालले “Samsung Saving Days” अफर घोषणा गरेको छ, जसअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक बचत तथा मासिक किस्तामा सहज वित्तीय सुविधा उपलब्ध गराइएको छ ।
यो अफर बजेट धेरै नबढाई आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न चाहने ग्राहकका लागि ल्याइएको हो । यो अभियान मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ, जसले ग्राहकहरूलाई गर्मीयाममा सहज रूपमा घरका आवश्यक उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ ।
यस अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका वाशिङ मेसिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्म छुट पाउन सक्नेछन् । साथै, २४ महिनासम्मको Extended EMI सुविधा पनि उपलब्ध छ, जहाँ वाशिङ मेसिनको मासिक किस्ता रु १,३७० बाट र रेफ्रिजरेटरको मासिक किस्ता रु १,४०८ बाट सुरु हुनेछ । यसले मासिक किस्ताको भार कम हुने भएकाले घरको बजेटमा सहज रूपमा मिलाएर आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न सजिलो बनाउनेछ ।
साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरणहरु खरिद गर्न सकिन्छ , जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ।
नयाँ साम्संग होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्।










प्रतिक्रिया दिनुहोस्