Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


काठमाडौंमा मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि हुँदै


104
Shares

काठमाडौं । नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन जेठ ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ। संघले पत्रकार सम्मेलनमार्फत महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

“ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं” भन्ने मूल नारासहित आयोजना हुने महाधिवेशनमा देशभरका ६८ जिल्ला, सात प्रदेश समिति, नौ भ्रातृ संस्था तथा १३ प्रवास शाखाबाट करिब सात सय प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ ।

संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नु मात्रै नभई संगठनात्मक पुनर्संरचना, आदिवासी जनजातिको अधिकार, सांस्कृतिक अस्तित्व, भाषिक विविधता र समावेशी प्रतिनिधित्वजस्ता विषयमा नीतिगत बहस समेत गर्ने बताएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा हुने उद्घाटन सत्रको उद्घाटन पूर्वअर्थमन्त्री तथा वर्षमान पुनले गर्ने बताइएकाे छ ।