काठमाडाैं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एकजनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
श्रेष्ठलाई आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको प्रवक्ता सिलवालले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्