काठमाडौँ । सामसङ नेपालले ‘ग्यालेक्सी एस २६’ स्मार्टफोन खरिदमा विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको अफरअन्तर्गत ग्राहकले २३ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
कम्पनीका अनुसार अफरपछि फोनको मूल्य एक लाख ८२ हजार ९९९ रुपैयाँबाट घटेर एक लाख ५९ हजार ९९९ रुपैयाँ कायम हुनेछ । यो योजना मंगलबारदेखि सुरु भई आगामी जुन ३० सम्म लागू रहने जनाइएको छ ।
साथै, ग्राहकलाई सहज बनाउन हुलास फाइनान्ससँगको सहकार्यमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत न्यूनतम मासिक चार हजार ३४१ रुपैयाँ किस्ता तिरेर फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्