Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


६० बर्ष पुराना मूर्तिहरु पुरातत्वले लियो जिम्मा (भिडियाेसहित)


0
Shares

काठमाडाैं । करिब ६० वर्षदेखि नेपाल पुलिस क्लब परिसरमा बेवारिसे अवस्थामा रहेका विभिन्न प्राचीन मूर्तिहरू अन्ततः पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।

ईमेज च्यानलको कार्यक्रम “लुकेको इतिहास सत्यको खोजी” को टोलीले मूर्तिहरूको ब्यवस्थापनबारे छलफल गरेपछि पुरातत्व विभागलाई जिम्मा लगाइएको हो ।

ईमेज टोलीले नेपाल प्रहरीका सम्बन्धित अधिकारीहरूसँगको छलफलका क्रममा यी मूर्तिहरू राष्ट्रिय सम्पदा अन्तर्गत पर्ने महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सामग्री भएको निष्कर्ष निकालिएको थियो ।

मूर्तिहरूलाई आवश्यक सुरक्षासहित छाउनीस्थित संग्रहालयमा पुर्‍याइएको छ । विभागले ती मूर्तिहरूको वास्तविक उत्पत्ति, ऐतिहासिक कालखण्ड र सांस्कृतिक महत्वबारे थप अनुसन्धान समेत गर्ने अपेक्षा गरिएको छ ।