Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


सुनधारा कारागारबाट एक कैदी फरार


0
Shares

काठमाडौं । काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन्।

महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ कारागारको पर्खाल नाघेर फरार भएकी हुन् । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालका अनुसार शुक्रबार बिहान करिब साढे १ बजे उनी कम्पाउन्डको पर्खाल नाघेर फरार भएकी हुन्।

तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय सुनाएको थियो। कारागारका अधिकारीहरूका अनुसार उनले झ्यालबाट चढेर पर्खाल नाघ्दै भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।