Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


वडाबाट केन्द्रमा आएका फाइल ७ दिनभित्र शून्यमा झार्नुहाेस : सुनिता डंगोल


208
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ ।

पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिनुभयाे । वडामा भएको बजेटबाट काम गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न पनि वडा सचिवहरूलाई निर्देशन दिनुभएकाे छ ।

सम्पन्न योजनाको लाभ लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाको गुणस्तर र कार्यान्वयन गर्न समस्यामा रहेका योजनाको समाधानका विषयमा कुरा गर्दै उनले तोकिएका विभागीय प्रमुखसँग समन्वय गरेर नतिजा निकाल्न आग्रह गर्नुभयाे ।

उपभोक्ता समितिहरुले समयमा कागजपत्र बुझाउन नसक्नु, इन्धनको मूल्य वृद्धि भएपछि निर्माण व्यवसायीहरुले योजना सम्पन्न गर्नमा ढिलाइ गर्नु, बजेट शीर्षकमा नभएका कार्यक्रमका लागि माग हुनु जस्ता विषय औँल्याउँदै वडा सचिवहरुले, सैद्धान्तिक वेरुजु फर्स्यौट, राजस्वका दर, राजस्व गणना तथा दायरा, सीसीटिभी क्यामरा जडान, सुरक्षा र सहरी व्यवस्थापनक जस्ता साझा विषयमा साझा कार्यक्रम सञ्चालन हुनुपर्नेमा डंगोलको जोड छ ।

प्रशासन विभागका प्रमुख महेश काफ्लेले जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक बनाइने बताउनुभयाे । वित्त विभागका प्रमुख डा.शिवराज अधिकारीले, आ.व.२०८२/०८३ को अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट औँल्याएको वेरुजु घटाउने प्रक्रियामा केन्द्र र वडा सँगै बसेर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयाे ।