Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


आगामी जेठमा हुने काभा महिला भलिबल च्याम्पियनशिपको ट्रफी सार्वजनिक


13
Shares

काठमाडाैं । आगामी जेठमा काठमाडाैंमा हुने काभा महिला भलिबल च्याम्पियनशिपको ट्रफी सार्वजनिक भएको छ ।

काठमाडाैंमा आइतबार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेपण) को कभर्डहलमा हुनेछ । काभा महिला भलिबल च्याम्पियनशिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी ८ वटा देश सहभागी हुने संघले जनाएकाे हाे ।

प्रतियोगिताको बजेट २ करोड ५० लाख रुपैयाँ रहेको संघले जानकारी गराएकाे छ । जसमा सरकारले १ करोड र काठमाडाैं महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको हाे ।