Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कोहलपुरमा आफै खाली गर्दै अबब्यबस्थित बसोबासी


0
Shares

बाँके ।
बाँकेको कोहलपुर नगरपालिकाले नगर विकासको जग्गाको अतिक्रमण खाली गराउन थालेको छ ।

पटक–पटक सूचना जारी गर्दै आएको नगरपालिकाले आजदेखि सुरक्षाकर्मी परिचालन गरेरै अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालेको हो ।

आइतबार बिहान ६ बजेदेखि नै नगर प्रहरी बस्तीमा खटिए पनि सुरक्षाकर्मीले बल प्रयोग गर्नु भने परेको छैन । बैशाख १६ गते अन्तिम पटक १० दिने सूचना निकालेपछि अतिक्रमणकारीहरुले आफैं वस्ती खाली गर्न थालेका थिए ।

नगरपालिकाले हिजो केही खाली घरमा डोजर चलाएको थियो भने आज सबैलाई सामान सार्ने मौका दिएको छ । नगर विकासको जग्गा अतिक्रमण गरेर बसेकाहरुले आफै घर टहरा समेत भत्काएर सामान ओसारेका छन् । कोहलपुर नगर प्रहरीले बृद्व तथा अशक्तको सामान सारिदिन सहयोग गरेको छ ।

अवैध बसोबासीले सामान सारेपछि मात्रै खाली घरमा डोजर चलाउने तयारीमा नगरपालिका रहेको छ । यहाँबाट विस्थापित हुनेहरुलाई कोहलपुर नगरपालिकाले १६ ठाउँमा होल्डिङ सेन्टर बनाएको छ । यस स्थानमा सात सय ५१ घर टहरा रहेकोमा कोहलपुरको नयाँ बसपार्कमा व्यवस्था गरिएको होल्डिङ सेन्टरमा ७१ परिवार सम्पर्कमा आएका छन् ।

कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले वास्तविक सुकुम्बासीलाई अस्थायी रुपमा बस्ने व्यवस्था गर्ने र पछि संघीय सरकारको निर्देशन अनुसार काम गर्ने बताउनुभयो । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य खाली गराइएको ठाउँ क्रिकेट मैदान बनाउन छुट्याइएको थियो ।

तर सो क्षेत्रमा अवैध वसोवासले भरिएपछि क्रिकेट मैदान बनाउने प्रस्ताव अलपत्र पर्दै आएको छ । अवैध रुपमा बस्नेहरुले यहाँको जग्गा धेरै पटक किनबेच गरेको पनि खुलासा भएको छ ।

कुनै कुनै जग्गा ६/७ पटक किनबेच भएको पनि पाइएको छ । १०/१२ लाख रुपैयाँसम्ममा घडेरी किन्नेहरुले भने आफूहरु ठगिएको महसुश गरेका छन् । यस स्थानमा बस्दै आएकाहरु मध्ये अधिकांशको अन्त्रय घर जग्गा रहेको पाइएको छ ।