Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सप्तरीको वभनगामा भीषण आगलागी, १२ घरगोठ जलेर नष्ट


0
Shares

काठमाडाैं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा शनिबार राति भीषण आगलागी भएको छ ।

आगलागीका कारण ६ परिवारको १२ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हाे । स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुई वटा घर-एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुई वटा घर-एउटा गोठ, अनिल यादवको दुई वटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एकएक वटा घर गरी ९ घर र तीन वटा गाईगोठ गरी १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले बताएका छन् ।

प्रहरी कार्यालयले आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना र फर्निचर लगायत नगदसहित करिब ४५ लाख भन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जनाएकाे हाे । हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेश–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएकाे छ ।