Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने युवक प्रहरीकाे नियन्त्रणमा


624
Shares

काठमाडाैं । स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेको जनाएकाे हाे । पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा युवकले महिलालाई लिफ्ट दिएका थिए ।

पीडित महिलाले दिएको जाहेरी अनुसार मंगलबार मोटरसाइकलमा लिफ्ट दिएका सुनारले फोन नम्बर मागेका थिए । नम्बर दिन अस्वीकार गरेपछि ती युवकले अश्लील हर्क गरेको उजुरीमा उल्लेख छ । घटनापछि खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका युवकविरुद्ध आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले अपरिचित व्यक्तिले मोटरसाइकलमा लिफ्ट प्रस्ताव गरेमा विशेष गरी महिलाहरू सतर्क रहन आग्रह गरेको छ ।