काठमाडाैं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं साधारणसभा साेमबार हुँदै छ ।
साेही साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने भएकाे हाे । यसअघि गत चैत २९ र ३० गते तय भएको साधारणसभा एवं निर्वाचन प्रक्रिया अदालतमा मुद्दा परेपछि रोकिएको थियो । रोकिएको साधारणसभा साेमबार हुन लागेको हो ।
२०२२ साल पुस ११ गते काठमाडौंमा तत्कालिन राजा महेन्द्रबाट उद्घाटित नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णय अनुसार महासंघको स्थापना भएको हो । २०२२ साल पुस १४ गते स्थापना भएको महासंघमा हालसम्म २० जना अध्यक्ष भइसकेका छन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानबाट अन्जन श्रेष्ठ २१ औं अध्यक्ष बन्नुहुने भएकाे हाे । संशोधित विद्यान अनुसार अर्को पटकदेखि भने महासंघको अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको पदावधि साधारण सभा सकिए लगत्तै सकिने र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अध्यक्ष हुनुहुनेछ ।
महासंघका एक पदाधिकारीका अनुसार उपाध्यक्षहरूसहितको कार्यसमितिको निर्वाचन प्रक्रिया नै नयाँ अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सञ्चालन हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्