एजेन्सी । अर्जेन्टिनाबाट केप भर्डे जानेक्रममा एउटा क्रुज पानीजहाजमा हान्टाभाइरसको संदिग्ध प्रकोपका कारण तीन जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले एट्लान्टिक महासागरमा यात्राको क्रममा क्रुज जहाजमा एक ७० वर्षीय पुरुष बिरामी परेकाे जनाएकाे हाे । सेन्ट हेलेना टापुमा आइपुग्दा उनको मृत्यु भएको दक्षिण अफ्रिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । ती यात्रुको शव नेदरल्यान्ड्स फर्काउने तयारी भईरहेको छ । उनकी ६९ वर्षीया श्रीमती पनि बिरामी परेको र जोहानेसवर्गको अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
मृतक तेस्रो व्यक्तीको शव अहिले पनि जहाजमै रहेको बताईएको छ । अर्का एक जना ६९ वर्षीय ब्रिटिश नागरिकको पनि जोहानेसवर्गमा गम्भिर अवस्थामा उपचार भईरहेको जनाइएकाे छ । क्रुजका चालक दलका दुई सदस्यहरूको पनि उपचार जारी रहेकाे अस्पतालले जनाएकाे हाे । क्रुज संचालक नेदरल्याण्ड्सका अधिकारीहरुले तीन जना मृतकको शव मुलुक ल्याउने तयारी गरिरहेका छन् ।
हान्टाभाइरस मुसाले बोकेको भाइरसको संक्रमण हो । जुन मुख्यतया हावाबाट निस्कने कणहरूबाट मानिसमा सर्ने गर्छ ।










प्रतिक्रिया दिनुहोस्