प्रदीप पौडेल (इमेज)
पोखरा, असोज ११ । पोखरा महानगरपालिका–३२, खुँदीकी ६० वर्षीया नीरमाया गुरुङको हत्या भएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै श्रीमान् ५५ वर्षीय यामबहादुर गुरुङ पक्राउ गरेको छ ।
बिहीबार बिहान ७ बजेतिर खुँदीमा नीरमायाको शव बोरामा भेटिएको थियो । त्यसपछि प्रहरीले हत्यामा संलग्नको खोजी सुरु गरेको थियो ।
हत्याको आरोपमा उनकै श्रीमान् यामबहादुरलाई भाग्दै गरेको अवस्थामा गगनगौंडाबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बुधबार राति घरमै नीरमायाको हत्या गरिएको थियो । हत्यापछि शवलाई बोरामा पोको पारी घरदेखि केही पर फालेर उनी भागेका थिए ।
नीरमायालाई प्यारालाइसिस भएको जनाइएको छ ।
सो घटनापछि यामबहादुरले आफूले ‘श्रीमती मारें’ भनेर घरबाट हिँडेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्