Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै


2.8k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार तोलामा तीन हजार रूपैयाँले घटेको सुनको मूल्य यसदिन पनि प्रतितोला तीन हजार रूपैयाँले नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बुधबार तोलामा चार हजार नौ सय १५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ३० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनप्रतिऔंस चार हजार ६ सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।