काभ्रे ।
शनिबार साँझदेखि परेको भीषण वर्षाले डाइभर्सन बगाएपछि अवरुद्ध बनेकाको वीपी राजमार्गबाट ६ सय २७ यात्रुको उद्धार गरिएको छ ।
काभ्रे जिल्ला प्रहरी कार्यालयले शनिबार साँझदेखि वीपी राजमार्ग अन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार उद्धार गरिएको जनाएको छ । बाढीले वीपी राजमार्गका विभिन्न स्थानका अस्थायी डाइभर्सन बगाएपछि शनिबार साँझदेखि मंगलटारमा ६ सय २७ यात्रु अलपत्र परेकोमा आज दिउँसोसम्ममा उनीलाई गन्तब्यमा पु¥याइएको हो ।
मंगलटारबाट झोलुङ्गे पुल तारेर यात्रुहरुलाई तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म उद्धार गरिएको हो । डाइभर्सन बगाएका कारण मंगलटारमा रोकिएका सवारी साधनहरू काठमाडौँ र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको सिन प्रहरीले जनाएको छ ।
मंगलटारमा ८० व्टँ सवारी साधन रहेका छन् भने ती सवारी साधनका चालक र सह चालक गरेर १२०–१२५ जना पनि सोही स्थानमा बसेका छन् । अलपत्र यात्रुहरुलाई नेपाल प्रहरी र स्थानीय ब्यापारीको सहयोगमा फलफूल, चाउचाउ, फ्रुटी र पानी वितरण समेत गरिएको थियो ।
वर्षा हुन क्रम घटेलगत्तै डाइभर्सन बनाउने काम सुरु भएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन् । रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा तथा माम्तीमा गरि आठ स्थानमा डाइभर्सन बगाएको पनि प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्