Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक आह्वान


169
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

बैठक सोमबार बिशान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुंग्याउने बताइएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताउनुभयो ।

उहाँले सम्भव भएसम्म सर्वसम्म रुपमा नेता चयन गर्ने र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अपनाइने बताउनु भयो । प्रतिनिधि सभामा पुगेका ६ दलमध्ये नेपाली कांग्रेसले मात्रै दलको नेता चयन गर्न सकेको छैन ।

यसका लागि ११ वैशाखमा निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको थियो । संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धी छन् ।