Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी विदेशमन्त्री दारबीच युद्धविरामकाे बारेमा टेलिफोन संवाद

कूटनीतिक माध्यमबाट बाँकी रहेका मुद्दाको समाधान र शान्ति कायम गर्न निरन्तर वार्ता गर्नुपर्नेमा जाेड

520
Shares

एजेन्सी। अमेरिका र इरानबीच शान्तिका लागि पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन संवाद गर्नुभएको छ ।

अमेरिका र इरानबीच शान्तिका लागि पाकिस्तानी मध्यस्थतामा आयोजना गर्न लागिएको वार्ताका लागि विदेशमन्त्री मोहम्मद इशाक दारले आग्रह गर्नुभएको हो । विदेशमन्त्री दारले इरानी समकक्षी अराघचीसँग युद्धविरामका प्रयास तथा क्षेत्रीय स्थायित्वकाे बारेमा साेमबार राति टेलिफोनमा कुराकानी गर्नुभएको पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गरी एएफपीले जनाएको छ ।

पाकिस्तानी विदेशमन्त्री दारले कूटनीतिक माध्यमबाट बाँकी रहेका मुद्दाहरूको समाधान गर्न र शान्ति कायम गर्न निरन्तर वार्ता र वार्तामा सहभागिताको आवश्यकतामा जोड दिनुभयाे । पाकिस्तानले क्षेत्रीय तनावको शान्तिपूर्ण समाधानका लागि कूटनीतिक पहल गर्दै आएको छ ।