Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


शैक्षिक संस्थामा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीकाे निर्देशन


559
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्नुभएको छ ।
सोमवार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको थियो । समस्या र समाधानका उपायहरूबारे विमर्श भएको छ । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको बताइएको छ । बैठकमा त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनुभएको थियो ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनुभएको थियो । नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनुभएको थियो । साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री साहले संवाद गर्नुभएको छ ।

उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री साहले छलफल गर्नुभएको छ ।