एजेन्सी । युक्रेनको राजधानी कीभमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा करिब ६ जनाको मृत्यु भएको छ ।
साेही घटनामा १४ जना घाइते भएका हुन् । प्रहरीको कारबाहीमा बन्दुकधारी पनि मारिएका छन् । यो घटना दक्षिणी होलोसिभस्की जिल्लामा भएको हो । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोका अनुसार स्थानीय एक व्यक्तिले सडकमा अन्धाधुन्ध गोली प्रहार गरेपछि नजिकैको सुपरमार्केटमा केहीलाई बन्धक बनाएका थिए ।
बन्धकहरुको रिहाईका लागि ती व्यक्तीले इच्छा नदेखाएपछि प्रहरीले बाध्य भएर कारबाही गर्नुपरेको हो । युक्रेनका अभियोजक जनरल रुस्लान क्राभचेन्कोले गोली चलाउने व्यक्तिको पहिचान भएको बताएका छन् । उनी रुसको राजधानी मस्कोमा जन्मिएर हाल किभमा बस्दै आएका ५८ वर्षीय नागरिक रहेको खुलेको हाे ।
उनले गोली चलाउन जानुअघि आफ्नो अपार्टमेन्टमा आगजनी गरेको समेत जनाइएकाे छ।









प्रतिक्रिया दिनुहोस्