Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी


0
Shares

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद पुनगर्ठनको तयारी गरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेयले मन्त्रिपरिषदमा रहेका सदस्यहरु परिवर्तनको तयारी गर्नुभएको हो । जसका लागि सत्तासहयात्री दल नेकपा एमालेले नयाँ बन्ने मन्त्रिहरुको नाम दिईसकेको छ । साेही अनुसार गोविन्द नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मण पाण्डे एमालेका तर्फबाट नयाँ बन्त्री बन्नेछन् ।

त्यस्तै, कांग्रेसका तर्फबाट नन्द प्रसाद न्यौपाने, जीत शेरचन, रेखा गुरुङ र नम्डु गुरुङ मन्त्री बन्ने निश्चत भएको मुख्यमन्त्रीकाे कार्यालयले जाएकाे हाे । नयाँ मन्त्रीहरुको पद तथा गाेपनीयताकाे शपथ ग्रहण बुधबारै हुने भएको छ ।