Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


सुनचाँदीको मूल्य फेरी आकाशियाे


1.9k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

नेपाली बजारमा मंगलबार तोलामा तीन हजार एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार भने प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार ६५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबर तोलामा पाँच हजार दुई सय २० रूपैयाँमा काराेार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय ५५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार आठ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।