Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


प्रधानमन्त्री कप क्रिकेटमा आज कर्णाली र गण्डकी प्रदेशसहित दुई खेल जारी


65
Shares

काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले दुई खेल जारी रहेका छन् ।

विरगञ्जमा भईरहेको खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा जारी रहेकाे हाे। मंगलबार बिहान गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि कर्णाली प्रदेशले पहिले व्याटिङ गरिरहेको छ । उता जनकपुरमा जारी अर्काे खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशको सामना गरिरहेको हाे । खेलमा लुम्बिनीले पहिले व्याटिङ गरिरहेको छ । प्रतियोगिताको अन्तिम खेल खेल्न लागेका यी चार वटै टोलीहरु जितसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा छन् ।

मंगलबार खेलिरहेका सबै टोली फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् । राउन्ड रोबिन प्रणालीमा सञ्चालित प्रतियोगितामा शीर्ष स्थानका दुई टोलीहरु त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल खेल शुक्रबार हुने भएकाे हाे।