Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


अमेरिकी उपराष्ट्रपति भान्स इरानसँगको शान्ति वार्ताका लागि पाकिस्तान जाने


1.3k
Shares

एजन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानसँग हुने प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने त्यसतर्फ जानुहुने भएकाे छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले साेही वार्ता शनिबार बिहानदेखि शुरु हुने अपेक्षा गरिएको बताउनुभएकाे हाे । ह्वाइट हाउसको प्रेस ब्रिफिङमा लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उहाँका ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुने जानकारी दिनुभयाे ।

यसअघि पाकिस्तानले इस्लामावादमा अमेरिकी र इरानी वार्ताकारहरूबीच वार्ता आयोजना गर्ने प्रश्ताव गरेको थियो ।